Search
Close this search box.
Search
Close this search box.

चार दशक पछि झापाकाे पुरानाे बजार शनिश्चरे बजारमा मिनि महाेत्सव लाग्दै

1687877775566

शनिश्चरे। ब्रदर एण्ड सिस्टर जिम हाउसको आयोजनामा झापाको अर्जुनधारा नगरपालिका–८ स्थित शनिश्चरेमा भोलीदेखि ‘प्रथम अर्जुनधारा मिनी महोत्सव २०८०’ आयोजना हुने भएको छ ।

अर्जुनधारा–८ को नयाँ बजारलाई चलायमान, बजार ब्यवस्थापन र बिपद् ब्यवस्थापनलाई सहयोग पुर्याउने उदेश्यले असार १३ देखि २७ गतेसम्म १५ दिने महोत्सवको आयोजना गरिएको मंगलबार (आज) महोत्सव स्थलमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिइएको हो ।

EPIC EPIC EPIC

सयपत्री इन्टरटेन्डमेन्ट प्रालि झापाको ब्यवस्थापनमा आयोजना हुने महोत्सव आवश्यकता अनुसार समय बढाउन पनि सकिने आयोजक समितिका अध्यक्ष तुल श्रेष्ठले बताए ।

महोत्सवमा प्रमोद खरेल, मेलिना राई, ज्योती मगर, एलिना चौहान र रचना रिमाल लगायतका राष्ट्रिय कलाकारहरु आउने तय भइसकेको सयपत्री इन्टरटेन्डमेन्ट प्रालिका सञ्चालक पर्वत लामाले जानकारी दिए । महोत्सवमा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहने जनाइएको छ ।

महोत्समा एक सय रुपैयाँ प्रवेश शुल्क रहेको जनाइएको छ । महोत्सव सम्पन्न गर्न अनुमानित २० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा महोत्सव आयोजक समितिका सल्लाहकार भरत मोक्तान, मनोजकुमार गोम्देन, आयोजक समितिका कोषाध्यक्ष श्याम दनुवार, आयोजक समितिका सदस्य हिमाल पुरी, हेमलाल परियार, सयपत्री इन्टरटेन्डमेन्ट प्रालिका गौरी लिम्बुलगायतको उपस्थिति रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *