Search
Close this search box.
Search
Close this search box.

जयनगर–जनकपुर–भङ्गहा रेलसेवा आजदेखि तीन दिनसम्म बन्द

भारतमा जारी लोकसभा निर्वाचनका कारण जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म बन्द गरिएको छ ।

भारत मधुवनी जिल्लाको भंझारपुर संसदीय निर्वाचन क्षेत्रमा ७ मे २०२४ (वैशाख २५)मा लोकसभा चुनाव हुन लागकाले रेलसेवा तीन दिन बन्द रहेन नेपाल रेल्वे कम्पनी लिमिटेडद्वारा शनिबार जारी सूचनामा जनाइएको छ । 

आइतबारदेखि जयनगर–जनकपुर–भंगहा रेलसेवा बन्द हुने कम्पनीका महाप्रबन्धक निरञ्जन झाद्वारा जारी सूचनामा उल्लेख छ ।  

इन्डो–नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्नेगरी नेपाल भारतका दुबै पक्ष सम्मिलित बोर्डर जिल्ला कोर्डिनेशन कमिटीबाट भएको निर्णयअनुसार रेलसेवा मंगलबारसम्म पूर्णरूपमा बन्द रहने छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *