Search
Close this search box.
Search
Close this search box.

जिप दुर्घटनामा वडाध्यक्षसहित पाँच जनाको निधन

रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका-६ फर्पुमा फोर्स गाडी दुर्घटना हुँदा वडा अध्यक्षसहित पाँच जनाको निधन भएको छ । काठमाडौंबाट गोकुलगंगा गाउँपालिका रस्नालु जाँदै गरेको त्रिवेणी यातायातको ना१ज ७१२३ नम्बरको फोर्स गाडी शुक्रबार दिउँसो दुर्घटनामा परेको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी राजु पौडेलका अनुसार दुर्घटनामा तीनजना घाइते भएका छन् । तीनमध्ये एकजना गम्भीर घाइते रहेको उहाँको भनाइ छ । घाइतेको स्थानीय अस्पतालमा उपचार भइराखेको छ । दुर्घटनामा एक बालकसहित तीनजना घाइते भएका हुन् ।

दुर्घटनामा परेर गोकुलगंगा गाउँपालिका वडा नम्बर ४ का वडाध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मृत्यु हुनेमा बस चालक हिराबहादुर कार्कीसमेत हुनुहुन्छ । मृत्यु हुनेमा दुई पुरुष, दुई महिला र एक बालिका छन् ।

EPIC

दुर्घटनामा गोकुलगंगा–४ बेतालीका वडाध्यक्ष ४५ वर्षीय रामचन्द्र बस्नेत, जिप चालक मन्थली नगरपालिका-१० का ३५ वर्षीय चालक हिराबहादुर कार्की, गोकुलगंगा–५ की ३० वर्षीया कविता कार्की र उहाँकी सात वर्षीया छोरी स्वस्तिका खड्काको समेत निधन भएको प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले जानकारी दिनुभयो । मृतक अन्य एकजनाको यो समाचार तयार पार्दासम्म सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सोही गाउँपालिका-४ बेतालीकी २७ वर्षीय सरस्वती कार्की, नाम नखुलेका चार वर्षीय बालक र कास्कीको लेखनाथ नगरपालिकाका ४२ वर्षीय केशव शर्मा घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचार सदरमुकाम मन्थलीमा भइरहेको छ । उक्त जिप अनियन्त्रित भई सडकबाट तीन सय मिटर तल खोंचमा खसेको प्रहरीले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *