Search
Close this search box.
Search
Close this search box.

जोनसन एन्ड जोनसनको एक डोज खोप सुरक्षित र प्रभावकारी

काठमाडौं। कोरोना भाइरसविरुद्ध जोनसन एन्ड जोनसनले निर्माण गरेको खोप एक डोजमात्रै लगाए पनि सुरक्षित र प्रभावकारी देखिएको छ।

अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन -एफडीएले जोन्सन एण्ड जोन्सनको खोप सर्वासाधारणलाई प्रयोगका लागि स्वीकृति दिने तयारी गरिरहेको छ ।

योसँगै अमेरिकामा तीन वटा कोरोनाविरुद्धको खोपले स्वीकृति पाउनेछन् ।

यसअघि नै अमेरिकाले मोडेर्ना र फाइजर बायोएनटेकको खोप प्रयोगका लागि स्वीकृति दिइसकेको छ । फाइजर र मोडेर्नाको खोप दुई डोज लगाउनु पर्छ ।

फाइजर र मोडेर्नाको भन्दा जोन्सन एण्ड जोन्सनको खोप भण्डारणमा समेत सहजता देखिएको छ । यो खोप फ्रिजरमा नभइ रेफ्रिजेरेटरमा भण्डारण गर्न सकिन्छ ।

जोन्सन एण्ड जोन्सनले गत जनवरीमा खोपको मानवीय परीक्षणको नतिजा सार्वजनिक गरेको थियो । खोपको प्रभावकारिता ६६ प्रतिशत देखिएको जोन्सन एण्ड जोन्सनले उल्लेख गरेको थियो ।

जोन्सन एण्ड जोन्सनको खोप संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट जोगाउन ८५ प्रतिशत र समग्रमा ६६ प्रतिशत प्रभावकारी देखिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *