झापामा लागूऔषध ब्राउनसुगरसहित तीनजना पक्राउ

बिर्तामोड, ८ असोज । झापाको शिवसताक्षीबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

EPIC

आज दिउँसो झापा शिवसताक्षी नगरपालिका–११ दुधे स्थित साकिरा यातयातको काउन्टरमा प्र १–०१–०१३ प ६५८१ नम्बरको स्कुटीमा काठमाण्डौ पठाउन भनि चामलको बोरा बोकी आएका सोही स्थानका करिब २९ वर्षीय साजन राई र ३५ वर्षीय सुन्दर लावतीलाई ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा उक्त चामलको बोरा भित्र लुकाई छिपाई पठाउन लागेको प्रतिबन्धित लागूऔषध ब्राउन सुगर ९ ग्राम ७७० मिलिग्राम फेला परेको हो ।

EPIC EPIC EPIC

स्कुटीसहित दुवै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय झिलझिलेमा राखी थप अनुसन्धान कार्य भइरहेको छ ।

त्यसैगरी, आजै मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका बिर्तामोड–६ का २० वर्षीय सुजन बिश्वकर्मालाई शंका लागी चेकजाँच गर्दा निजको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन एक ग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *