Search
Close this search box.
Search
Close this search box.

टिस्टा नदीमा आएको विनाशकारी बाढीको कारण

EPIC
  • भुवन तामाङ
    भारतको उत्तरपूर्वी राज्य सिक्किमको टिस्टा नदीमा गत बुधबार बिहान आएको बाढीले विनाशले ठूलो विपत्ति सिर्जना गरेको छ । विपत्तिमा परि १४ जनाको मृत्यु भइसकेको छ भने २२ जना भारतीय सेनासहित १०२ जना अझै हराइरहेका बताइएको छ । भग्नावशेषमा धेरै मानिस फसेको आशंका गरिएको छ ।

बाढीले टिस्टा नदीमा एकहजार २०० मेगावाट बिजुली उत्पादन गर्ने चुङथाङ बाँध भत्कायो, जसको लागत करिब २५ हजार करोड भारु थियो । सिक्किम राज्य विपद् विभागका अनुसार बाढीले राज्यमा ११ वटा पक्की पुलहरू पनि भत्काएको छ । बाढी प्रभावित चार जिल्लामा खानेपानीको पाइपलाइन, ढल निकासका लाइन र कच्चा र कंक्रिटका करिब ३०० घर नष्ट भएका छन् । राष्ट्रिय राजमार्ग १० सहित धेरै राज्य सरकारका सडकहरू भत्किएका छन्, जसका कारण धेरै क्षेत्रहरूको सम्पर्क काटिएको छ । २२ हजारभन्दा बढी मानिस प्रभावित भएका छन् । प्रदेश सरकारले यो विपत्तिलाई प्राकृतिक विपत्ति घोषणा गरेको छ ।

केही रिपोर्टहरूले विनाशकारी बाढीलाई भारत र नेपालमा गएको भूकम्पसँग पनि जोडेका छन् भने धेरैले उत्तर सिक्किमको लोनाक तालमा बादल फाट्नु (चट्याङ) पर्नुलाई यसको कारण बताइरहेका छन् । यसैबीच हिमनदीविद्, वातावरणीय अभियन्ता, बाँध र जल विज्ञहरूले फरक फरक कारणहरु बताएका छन् । तर सिक्किमको उच्च भागमा अबस्थित दक्षिण लोनाक तालमा अचानक के भयो, जसले टिस्टा नदीमा बाढी ल्यायो त्यो जान्नु महत्वपूर्ण हुन्छ ।

EPIC

अचानक यति धेरै विनाश कसरी भयो ?
बाँध तथा नदी सम्बन्धी काम गर्ने साउथ एसिया नेटवर्कले एक लेखमार्फत, सन् २०२३ अक्टोबर ४ का दिन राति १२ः४० बजे दक्षिण लोनाक हिमताल फुटेर उत्पन्न बाढीका कारण सिक्किममा विनाश भएको उजागर गरेको छ । यो सब यति तीव्र गतिमा भयो कि यसले सिक्किमको सबैभन्दा ठूलो जलविद्युत परियोजना, १ हजार २०० मेगावाटको टिस्टा ३, ६० मिटर अग्लो बाँध समेत बगाइदियो । बाढीले सिक्किमको टिस्टा नदी र पश्चिम बङ्गाल र त्यसपछि बङ्गलादेशको तल्लो तटीय क्षेत्रमा समेत अभूतपूर्व विपत्ति ल्याएको छ ।

केन्द्रीय जल आयोग सीडब्ल्यूसीले अक्टोबर ४ को बिहान आफ्नो प्रतिवेदनमा ताल फुटेको स्थानमा बादल फाटेको बताएको थियो । तसर्थ, ताल फुट्नुमा बादल फाट्नुको भूमिका हुन सक्छ । तर लामो समयदेखि नदी तथा बाँधमा काम गर्दै आएका वातावरण अभियन्ता, बाँध तथा जलविज्ञ हिमांशु ठक्कर यो बाढीमा वर्षाको कुनै महत्वपूर्ण भूमिका नरहेको बताउँछन् । सञ्चार माध्यमसँग कुरा गर्दै यो दुर्घटना भएको स्थान पाँच हजार मिटरभन्दा बढीको उचाईमा अवस्थित छ र बादल फाट्ने सम्भावना निकै कम छ । केन्द्रीय जल आयोगका केही उच्च अधिकारीहरूले पनि पछि बादल फाटेका कारण यो विपत्ति नआएको बताएका थिए । यो बाढी दक्षिण लोनाक तालको दरारबाट आएको हो । किनभने यो ताल निकै नाजुक र असुरक्षित थियो । यो सूचीबद्ध गरिएको र ज्ञात थियो कि यस्तो जलप्रलय यहाँबाट आउन सक्छ । यो हिमताल करिब तीन दशकदेखि बढ्दै गएको थियो । पहिले यसको क्षेत्रफल १७ हेक्टर मात्र थियो, बढेर १६८ हेक्टर पुगेको थियो । त्यसैले जलवायु परिवर्तन र ग्लोबल वार्मिङ यसका मुख्य कारण हुन् । अर्थात हिमनदी पग्लिरहेको थियो र ताल विस्तार भइरहेको थियो ।

EPIC EPIC EPIC

सिक्किमको सुदूर उत्तर पश्चिमी क्षेत्रमा अवस्थित दक्षिण लोनाक ताल हिमनदी मोराइन बाँध ताल हो भनी जलविज्ञ हिमांशु ठक्कर बताउँछन् । हिमताल फुट्ने बाढी (जीएलओएफ)का लागि अति संवेदनशील १४ वटा सम्भावित जोखिमपूर्ण तालमध्ये यो ताल पनि एक हो ।

EPIC

हिमताल विस्फोटबाट सिर्जित बाढी एक प्रकारको विनाशकारी बाढी हो जुन कुनै कारणवश हिमतालको बाँध भत्कँदा र ठूलो मात्रामा पानी छोड्दा हुन्छ । यस्ता जीएलओएफहरू धेरै खतरनाक हुन्छन् जसले ठूलो विनाश ल्याउँछ । भारतको उत्तराखण्ड, गुजरातमा आएको बाढी पनि यसको उदाहरण हो । वास्तवमा, ग्लेसियरहरू हिउँको धेरै ठूलो भाग हो जुन त्यस क्षेत्रको तापक्रम बढ्दा पग्लन थाल्छन् । तसर्थ, यस प्रकारको बाढी सामान्यतया हिमनदीहरू छिटो पग्लने वा पग्लेको पानीको प्रवाहका कारण तालमा पानी जम्मा हुने कारणले हुन्छ । यसले हिमालयको फेदीमा बसोबास गर्ने मानिसहरूलाई धेरै विनाश निम्त्याएको छ ।

लामो समयदेखि सिक्किमको साउथ लोनाक तालको अध्ययन गरेका डा. कुलकर्णीका अनुसार लोनाक ताल भारतमा सबैभन्दा बढी अध्ययन गरिएको तालमध्ये एक हो । हिमनदीहरु खुम्चिँदै गएका छन् । जब हिमनदीहरूले आफ्नो क्षेत्र खाली गर्छन् त्यहाँ पानीको व्यापक संचय हुन्छ, जुन ग्लेसियर तालमा परिणत हुन्छ । समयबित्दै जाँदा तालको आकार ठूलो हुँदै जान्छ, जसले बाढीको सम्भावना बढाउँछ । सिक्किमको लोनाक तालमा पनि त्यस्तै भएको छ । डा. कुलकर्णीका अनुसार सन् १९९० मा लोनक तालमा पानी भरिन थाल्यो र केही वर्षयता यो निकै ठूलो भएको थियो । लोनाक तालभित्रको अवस्था १० वर्षअघि नै थाहा भएको थियो । हामीले लोनाक तालको गहिराइमा पनि अध्ययन गर्यौं र तालभित्र कति पानी जम्मा भइरहेको छ भन्ने पत्ता लगायौँ । हामीले यो सबै जानकारी सन् २०१५ मा केन्द्र र राज्य सरकारलाई दिएका थियौँ । यसका साथै यस तालको खतरासँग जुध्ने उपायहरू पनि भनिएको थियो । सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरण र सिक्किमको विज्ञान तथा प्रविधि तथा जलवायु परिवर्तन विभागले आफ्ना अधिकारीहरुले तुरुन्तै ध्यान दिएको र तालको पानी निकाल्ने प्रयास गरेको बताएका छन् ।

लाचेन उपत्यकामा बाँधबाट करिब २० किलोमिटरको दूरीमा सीडब्ल्यूसी पूर्वानुमान स्टेशन थियो, तर चेतावनी जारी गर्न पर्याप्त समय थिएन । जनतालाई बेलैमा सचेत गराउने प्रणाली सही भएको भए सायद यति ठूलो विनाश हुने थिएन । तालको निगरानीका लागि कडा व्यवस्था गर्न सकियो भने यस्तो विपत्तिबाट बच्न सकिन्छ ।

डा. कुलकर्णीका अनुसार हिमालय क्षेत्रभित्र पर्ने राज्यहरूमा बाँधजस्ता ठूला परियोजना सुरु गर्नुअघि जलवायु मूल्यांकन प्रतिवेदन अनिवार्य गरिनुपर्छ । किनभने ठूला नदी बाँधहरू ५० देखि १०० वर्षसम्म निर्माण हुन्छन् र यति लामो समयमा जलवायु परिवर्तनलाई हेर्नु अति आवश्यक छ । (सामग्रीहरु अध्ययनबाट)

EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *