असार १५,कचनकवल – कचनकवल गाउँपालिका अन्तर्गत पर्ने देउनीया खोलाको बाँध भत्किएर कचनकवल गाउँपालीकामा पर्ने पाग्लीभिट्टा,पक्लाबान लगायतका गाउँ डुवानमा परेको हो।
असार १४ गतेदेखि लगातार परेको बर्षाका कारण खोलाको बाँध भत्किएको हो।
करिब ५०० घर रहेको पाग्लीभिट्टा गाउँ डुवानको खबर पाए लगत्तै सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि वि.ओ.पि खुट्टामुनी र सिमा प्रहरी चौकी केचना लगायतले डुवानमा परेका स्थानीय लाई सुरक्षीत स्थानमा सारी भत्किएको बाँध पुनर्निर्माण गरि जोखिम हदसम्म न्यूनीकरण गरेका छन्।
कचनकवलमा हालसम्म कुनै मानवीय क्षती भएको छैन।