निर्माणाधीन घरमाथिबाट ढिस्को खसेर पुर्दा १७ वर्षीय किशोरको मृत्यु

गुल्मीमा माटोको ढिस्कोले पुर्दा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ । रेसुङगा नगरपालिका– ३ भाडगाउँमा शेरबहादुर बेलबासेको निर्माणाधीन घरमा माथिबाट पहिरो खस्दा काम गर्न बसेका मजदुर प्युठानको गौमुखी गाउँपालिका–३ का १७ वर्षीय डोरबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए ।

EPIC

यसैगरी सोही पहिरोमा परी घरधनी ७९ वर्षका शेरबहादुर बेलबासे र प्युठानको गौमुखी गाउँपालिका–३ का २४ वर्षीय टेकबहादुर घर्ती घाइते भएका थिए । मृतकको शब पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा ल्याइएको र पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने प्रहरीले जनाएको छ । घाइतेहरुको गुल्मी अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *