Search
Close this search box.
Search
Close this search box.

नेकपा एमाले भोजपुरको अध्यक्षमा खड्काको प्यानेलनै बिजयी

दिपेन्द्र लुईटेल भोजपुर । नेकपा एमाले भोजपुरको नबौं जिल्ला अधिवेशनमा भएको मतदानमा प्रतिस्पर्धि टिमलाई ९४ मतले पछि मकर खड्का सहित सम्पुर्ण प्यानलनै निर्वाचित भएका छन ।
शनिवार राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार निकटतम प्रतिद्वन्द्वी शरणकुमार राईलाई खड्काले ९४ मतान्तरले पराजित गरेका छन् । शरणकुमारले २२३ मत प्राप्त गरेका छन् ।
उपाध्यक्ष ३११ मतसहित किरण राई विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी किर्पाशुर शेर्पाले २१६ मत पाएका छन् । सचिवमा ३४७ मतसहित एक्सन राई विजयी हुँदा प्रतिद्वन्द्वी ज्ञानेन्द्र कार्कीले १६८ मत प्राप्त गरेका छन् ।
उपसचिवमा ३०४ मत प्राप्त गरेर दौलत कुलुङ राई विजयी भएका छन् । प्रतिद्वन्द्वी जगतबहादुर चौहानले १७३ मत ल्याएका छन् ।
महिलातर्फको उपसचिवमा रमादेवी राई विजयी भएकी छन् । २९३ मतसहित रमादेवी विजयी हुँदा उनकी प्रतिद्वन्द्वी मेरिका राईले २१६ मत प्राप्त गरेकी छन्

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *