Search
Close this search box.
Search
Close this search box.

नेपाल महिला संघ कचनकवलद्वारा ७८औं स्थापना दिवस भव्य रुपमा मनाइयो

कचनकवल: नेपाल महिला संघ कचनकवलले आफ्नो ७८औं स्थापना दिवस आज एक विशेष कार्यक्रमका साथ भव्य रूपमा मनाएको छ। कचनकवल ७ स्थित नेपाली काँग्रेसको पार्टी कार्यालयमा आयोजना गरिएको कार्यक्रममा स्व. मंगला देवी सिंहले महिला हिंसा र दमनको विरुद्ध पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै उनको योगदानको प्रशंसा गरिएको थियो।

कार्यक्रमको सुरुवात मंगला देवी सिंहको तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो। यस अवसरमा संघकी प्रमुख कोपिला खनालले महिला सशक्तीकरणका प्रयासहरूको महत्त्वबारे चर्चा गर्नुभयो।

EPIC EPIC EPIC

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सहसचिव तथा कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्र राजवंशीले कचनकवलमा हरेक क्षेत्रमा महिलाहरूले देखाएको अग्रसरताको प्रशंसा गर्दै, महिलाहरूको साथ र समर्थनमा सदैव रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको सभापतित्व नेपाल महिला संघ कचनकवलकी सभापति सेलेतुन खातुनले गर्नुभयो। उहाँले महिलाहरूले भोग्दै आएका समस्याहरूको बारेमा आफ्नो धारणा राख्दै कार्यक्रमको समापन गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेस क्षेत्रीय सचिव गीता भट्टराई, नेपाली कांग्रेस क्षेत्रीय सदस्य हरि सिग्देल, कचनकवल वडा नम्बर ७ का सभापति रमेश पौडेल, नेपाली कांग्रेस जिल्ला सदस्य रुद्रमणि दाहाललगायतको आतिथ्यता रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *