Search
Close this search box.
Search
Close this search box.

पावरटेक कम्प्युटर बिर्तामोडका सञ्चालकसहित दुईजना विरुद्ध बाल यौन दुरुपयोग मुद्दा

बिर्तामोड। झापाको बिर्तामोडस्थित पावरटेक कम्प्युटरका सञ्चालकसहित दुई जनालाई एक छात्राहरुमाथि यौन दुव्र्यवहार गरेको आरोपमा बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।

सञ्चालक अलेक मेचे र कम्प्युटर प्रशिक्षक नारायण खनाललाई बिर्तामोड प्रहरीले पक्राउ गरेको हो । उनीहरुमाथि ओजेटीका लागि आउने छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोप लागेको छ । प्रहरीका अनुसार बिर्तामोड नगरपालिका– २ मा सञ्चालित एक विद्यालयमा कम्प्युटर इञ्जिनियरिङ विषय अध्ययनरत एक जना छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले शनिवार बेलुका मेचे र खनाललाई पक्राउ गरेको हो ।

EPIC EPIC EPIC

ओजेटीका क्रममा प्रशिक्षकहरुबाट दुव्र्यवहारमा पर्ने छात्रालाई विभिन्न स्थानमा घुमाउन लैजाने, आइफोन किनिदिनेजस्ता प्रलोभन देखाउने, संवेदनशील अंगमा छुने, सुम्सुम्याउने, व्याड टच गर्ने ,नदिए ओजेटीको प्रमाणपत्र नदिनेजस्ता धम्की देखाएपछि विद्यार्थीले अभिभावकलाई सुनाएका थिए । लगत्तै अभिभावकले विद्यालयका प्रधानाध्यापकलाई जानकारी गराएसँगै प्रहरीलाई खवर गरेका थिए ।

सञ्चालक मेचेले समेत ओजेटीमा आउने छात्रालाई तिम्रो फिगर राम्रो छ, मोडेल हुने भए कक्षा १२ पछि आउनु काम गर्न । आइफोन किनिदिन्छु, पार्टीमा बोलाउछु आउनु, रक्सी खानुपर्छ जस्ता कुराहरु गरेको छात्राले परिवारमा जानकारी गराएकी थिइन् । १८ पुगेपछि मलाई कल गर्नु, योसँग जानु त्यो सँग जानु, म मिलाइदिन्छु भन्ने गरेको पीडित विद्यार्थीले परिवारलाई भनेकी थिइन् ।

पक्राउ परेका उनीहरुविरुद्ध आइतवार बाल यौन दुरुपयोग मुद्धा दर्ता गरी अनुसन्धान अघि बढाइएको बिर्तामोडका डिएसपी प्रकाश विष्टले जानकारी दिए । ती विद्यार्थीहरु ५० दिनको लागि ओजेटीमा पावरटेक कम्प्युटरमा सिक्न गएका थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *