पूर्वप्रधानमन्त्री भट्टराईलाई क्यान्सर नभएको भारतीय चिकित्सकको निष्कर्ष

काठमाडौं- पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई क्यान्सर नभएको भारतीय चिकित्सकले निष्कर्ष निकालेका छन्।

EPIC

जनता समाजवादी पार्टी -जसपाका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईलाई क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका हुन्।

भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पाइएको हो। यद्यपि, ट्युमरलाई समयमै शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाव दिएका छन्।

ढिलोमा तीन महिनाभित्र शल्यक्रिया गरेमा क्यान्सरको खतरा नहुने बताइएको छ।

EPIC EPIC EPIC

भट्टराईको फेब्रुअरी २२ बाट भारतको दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण भइरहेको थियो। उनले प्रा.डा. विक्रम भाटियासँग परामर्श लिएका थिए।

EPIC

अध्यक्ष भट्टराई आज नेपाल वायुसेवाको जहाजमार्फत् नेपाल फर्किंदै छन्।

EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar