Search
Close this search box.
Search
Close this search box.

बाह्र बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १६०० स्काउट परिचालन!


सुनसरी । सुनसरीको चतरामा सम्पन्न १२ बर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १६०० स्काउट परिचालन गरिएको छ।

सुनसरीको बराह क्षेत्र नगरपालिकामा गएको चैत २७ गतेबाट सुरु भइ बैशाख २८ गते सम्पन्न मेलामा १६०० जना स्काउट, रोभर/ रेन्जर र स्काउटरहरु स्वंसेवकका रुपमा सहभागी थिए।

प्रदेश स्काउट कार्यालयको समन्वय र स्थानीय स्काउट कार्यालय, बराहक्षेत्र नगरपालिकाको व्यवस्थापनमा स्काउट स्वयंसेवकहरु परिचालन गरिएको हो।

बराहक्षेत्र नगरमा संचालित स्काउट दलहरु र कोशी प्रदेशका स्काउटर र रोभर/ रेन्जरहरुले कुम्भमा सेवा उपलब्ध गराएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नु भएको कुम्भमा स्काउट स्वयंसेवकहरुले कार्यक्रम व्यवस्थापन, श्रद्धालु भक्तजनको लाइन व्यवस्थापनमा सक्रिय सहभागिता जनाएका थिए। अन्य दिनहरुमा दैनिक विभिन्न आवश्यक क्षेत्रमा स्काउट स्वयंसेवकहरुले सेवा प्रदान गरेका हुन ।

कुम्भ मेलामा संस्थागत रूपमा सेवा प्रदान गर्न अवसर दिनुहुने जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराज, बराहक्षेत्र नगरपालिका प्रमुख एवं स्थानीय स्काउट संरक्षक श्री रमेश कार्कीज्यू प्रति कोशी स्काउटले आभार प्रकट गरेको छ।

समाजका हरेक गतिविधिमा स्काउट स्वंयसेवामा निरन्तर लागि पर्ने स्काउट कोशी प्रदेशका अधिकृत नवराज घिमिरेले बताउनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *