Search
Close this search box.
Search
Close this search box.

माग पुरा नभए सामुदायिक विद्यालय बन्द गरिने

received 156103387457729

जनक न्यौपाने, इलाम।

सरकारले आफ्नो माग प्रति गरेकाे बेवस्तालाई तत्काल सम्बोधन नगरे आगामी असार दुई गतेबाट देशभरका सामुदायिक विद्यालयहरु बन्द गर्ने भएका छन्।

EPIC

सामुदायिक विद्यालयमा कार्यरत कर्मचारीहरुकाे तलवमा सरकारले गरेकाे प्रतिबद्धता अनुसार आर्थिक बर्ष ८०/८१काे बजेटमा सम्बोधन  नगरेपछि चरणबद्ध आन्दोलनमा उत्रिएका विद्यालय कर्मचारीहरुकाे मागप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ लगायतका पेशागत संगठनहरुले समेत प्रतिबद्धता जनाएपछि बिद्यालयहरु बन्द हुने अवस्था आएको हाे ।

विगत लामाे समयदेखि अन्य मागसहित विद्यालय कर्मचारिहरुकाे पेशागत सुनिश्चतताकाे माग गर्दै कर्मचारी र शिक्षकका पेशागत छाता संगठन नेपाल शिक्षक महासंघले आवाज उठाइरहेकोमा सरकारले माग पुरा गर्ने सझाैता समेत गरेकाे तर आर्थिक बर्ष ८०/८१काे बजेटमा नआएपछि नेपाल विद्यालय कर्मचारी परिषदले जेठ २१ गते देशभरका शिक्षा विकास तथा समन्वय इकाइमा ज्ञापनपत्र बुझाएर आन्दोलनरत रहेला नेपाल विद्यालय कर्मचारी परिषद इलाका अध्यक्ष हेमराज बस्नेतले बताए।
उनेले भने”चरणबद्ध कार्यक्रम अनुसार जेठ २०  गतेबाट
विद्यालयमा चाबी बुझाएर शिक्षा विकास तथा समन्वय इकाइमा धर्ना दिइएकाे, २७ गतेबाट ३१ गतेसम्म भद्रकालीमा रिले अनशन गरिने र यति हुँदासम्म माग पुरा नभए आगामी असारमा २ गतेबाट सामुदायिक विद्यालय बन्द गरिनेछ।”

हालसम्म सरकारले वास्ता नगरेकाे बाल शिक्षक, राहत,उच्चमावि, अनुदान शिक्षक तथा विद्यालय कर्मचारिहरुकाे मागप्रति गम्भिर हुन सरकारकाे ध्यानाकर्षण गरिएकाे नेपाल शिक्षक संघ ईलामका अध्यक्ष राेमनाथ शर्माद्वरा हस्ताक्षरित बिज्ञप्तिमा  उल्लेख गरिएकाे छ ।

सरकारले न्यून वेतनमा काम लगाएका विद्यालय कर्मचारीक्ल तलव पनि ईलामका पालिकाहरुमा एकरुपता नरहेकाे अध्यक्ष बस्नेतले बताए।

यता बिद्यालय कर्मचारिहरु आन्दोलनमा उत्रिएपछि विद्यालयको नियमित कामकाजमा समेत प्रत्यक्ष असर देखिन थालेकाे छ ।

received 1629955647485176
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *