Search
Close this search box.
Search
Close this search box.

याकुका कृषकलाई हाते ट्याक्टर सहित कृषी औजार वितरण

भोजपुर । अरुण गाउँपालिका–५ याकुको सित्तला ग्रामीण उन्नत कृषि समूहका कृषकहरुलाई वडा कार्यालयको समन्वयमा कृषी ज्ञान केन्द्र भोजपुरले कृषी औजार वितरण गरेको छ । कृषि ज्ञान केन्द्र भोजपुरको बार्षीक स्वीकृत कार्यक्रम अन्तरगत व्यवसायीक उत्पादन केन्द्रको मकै खेती विकास कार्यक्रमले स्थानीय कृषकहरुलाई ८ वटा मिनि टिलर, १६ वटा कम्वाइन मिल, ५ वटा मकै छोडाउने मेसीन, १ सय २० वटा मकै सुकाउने त्रिपाल, एउटा ब्रस कटर, ४ वटा डिजिटल काटा, ७ वटा स्प्रेयर लगायत कृषी औजार वितरण गरेको हो । जसमा कृषि ज्ञान केन्द्र भोजपुरको रु १५ लाख अनुदान र कृषकहरुको ६ लाख ४१ हजार ७ सय ८० रुपैयाँ गरी कुल २१ लाख ४१ हजार ७ सय ८० रुपैयाँमा उक्त कृषि सामग्री खरिद गरी स्थानीय कृषकहरूलाई वितरण गरेको वडाध्यक्ष युवराज ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार, “कृषीलाई आधुनीकीकरण गर्ने सगैँ कृषीमा आत्मनिर्भर हुन वडाका ३ सय कृषकहरुलाई कृषी औजार वितरण गरेको हो । उक्त सामग्रीले स्थानीय कृषकको २ हजार रोपनी क्षेत्रफलमा आधुनीक कृषी गरिनेछ । जसले वडामा भएका अग्रज तथा कृषिमा उत्साहित कृषकहरूलाई प्रेरित समेत गर्नेछ ।”
कृषी औजार हस्तान्तरणपछि कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख यादवले भन्नुभयो,‘जिल्ला भरीका अग्रज तथा कृषि क्षेत्रमा कार्य गर्दै आउनुभएका कृषकहरूलाई हामीले वार्षिक स्वीकृत कार्यक्रम अनुसार विभिन्न प्रविधि तथा कृषि औजार हस्तान्तरण गर्दै आएका छौँ । सोहि अनुसार हामीले यस आर्थिक वर्षमा अरुण गाउँपालिका–५ याकुका कृषकहरूलाई सहयोग गरेको हो । यो कार्यक्रम पुनः आगामी बर्षपनि निरन्तर सञ्चालन हुनेछ ।”
गोरुको भरमा गरिने परम्परागत खेती अब भने आधुनिक कृषि उपकरणको माध्यमबाट गरिने छ जसका कारण कृषिमा लागत कम हुनुका साथै आफूहरूको आम्दानी बढ्ने स्थानीय कृषक हरी विष्णु पोखरेलले बताउनुभयो । कृषि समूहमा आबद्ध सयौँ कृषकले अब सामूहिक रुपमा खेती गर्न, मकै उत्पादन तथा मीलमा पिस्नको लागि र सामूहिक पशुपालनको लागि ठुलो सहयोग भएको समेत उल्लेख गरेका छन् ।
संविद्यान सभा सदस्य लोकमणी ढकाल, वडाध्यक्ष युवराज ढकाल र कृषि ज्ञान केन्द्र भोजपुरका प्रमुख मुकेश कुमार यादव, समुहका अध्यक्ष निरन राई लगायत स्थानीय कृषकहरूको उपस्थितिमा उक्त सामग्रीहरु वितरण गरीएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *