विर्तामोड उद्योग वाणिज्य संघको वाणिज्य सचिवमा पौड्यालको उम्मेदवारी

विर्तामोड । आसन्न विर्तामोड उद्योग वाणिज्य संघको वाणिज्य सचिवमा कृष्ण पौड्याले उम्मेदवारी दिएका छन् । उद्योग–व्यवसाय तथा विभिन्न संघ–संस्थामा कुशल नेतृत्वकर्ताको रुपमा परिचित पौड्यालले यहि फागुन १६ गते हुने निर्वाचनमा उम्मेदवारी दिएका हुन् ।

EPIC

संयुक्त व्यवसायिक प्यानलवाट उनले दर्बिलो आत्म–विश्वासका साथ चुनावी मैदानमा उभिएका हुन् । मेची अञ्चलको तेह्रथुमको सोल्मामा पिता बिष्णुबहादुर र आमा स्व पूर्णमाया पौड्यालको जेठो छोराको रुपमा २०३३ साल पुष २ गते जन्मिएका पौडेल सानैदेखि व्यवसायिक ढंगका एक भद्र र शालीन स्वभावका थिए ।

२०५० सालमा झापाको भद्रपुरमा दुर्गा मेडिकल सञ्चालन गरेका पौड्यालले बिर्तामोडमा २०५२ सालवाट कविर फार्मेसी सञ्चालन गरेका थिए । पौड्याल हाल विर्तामोड–४ का स्थायी वासिन्दा हुन् । विर्तामोड उद्योग वाणिज्य संघको संस्थापक सदस्य हुंदै संघमा प्रवेश गरेका पौड्याल पि.के सप्लायर्स, श्री अन्तु हेल्थ केयर, पि.के हेल्थ केयर प्रा.लि, श्री अन्तु फर्मा सेल्स, पाथिभरा भेराइटीज प्रा.लि, मार्ट प्रा.लि, पुर्वेली एग्रो इन्डसट्रिज प्रा.लि, उर्जाशिल कृषि परियोजना प्रा.लि, सेनेटिभ वायोटेक प्रा.लि, लगायतका औषधिका थोक बिक्रेताका संचालन गरिरहेका छन् ।

त्यस्तै धौलागिरी पारिजात बहुउद्धेशिय सहकारी संस्थाका अध्यक्ष, झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य, लायन्स क्लब अफ अनारमनीको संस्थापक अध्यक्ष, तारा नमस्ते बाल ग्राम अनाथ आश्रमको संस्थापक अध्यक्ष तथा सञ्चालक, औषधि व्यवसायी संघ,नागरिक स्वास्थ्य सहकारी संस्थाका परिकल्पनाकार तथा कार्यकारी प्रमुख, बिराट अर्जुन उपभोक्ता सहकारी संस्थाका संस्थापक सदस्य, उर्जाशिल कृषि सहकारी संस्थाका संस्थापक सदस्य लगायतका दजर्नौं संघ संस्थाका बिभिन्न पदमा रहेर सफलता पूर्वक काम गर्दै आएका पौड्याल सामाजिक संघ–संस्थामा पनि उत्तिकै क्रियाशील छन् ।

EPIC EPIC EPIC

योगीनरहरी नाथ अन्तराष्ट्रिय परिषदको आजीवन सदस्य, नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सदस्य पनि हुन् । पौड्याल विर्तामोडका उद्योगी–व्यवसायीले वाणिज्य संघ आफ्नो हो भन्ने अपनत्व हुने गरी काम गर्नकै लागि व्यवसायीको आग्रहमा आफूले वाणिज्य सचिव पदमा उम्मेद्वारी दिएको वताएका छन् । उनले आफ्नो कामको मूल्याङ्कन गर्दै मतदान गरी विर्तामोडका उद्योगी–व्यवसायीको हितमा काम गर्ने अवसर दिन मतदाता व्यवसायीसँग आग्रह समेत गरेका छन् ।

EPIC
EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

tihar