विश्वकप छनाेट खेलमा ब्राजिलले चिलिमाथि सानदार जित हात पारेकाे छ । यसै वर्ष कतारमा हुने फिफा विश्वकपको छनोट खेलमा ब्राजिलले चिलीलाई ४-० गाेलअन्तरले पराजित गरेकाे हाे । रियो दि जेनेरियोमा आज बिहान भएको दक्षिण अमेरिकी छनोटको खेलमा ब्राजिललाई जिताउन नेयमार, भिनिसियस जुनियर, फिलिप्पे कौटिन्हो र रिचालिर्सनले एक-एक गोल गरे ।
लको ४४औँ मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा भिनिसियसले गाेल गरे पनि ७२औँ मिनेटमा कौटिन्होले पाएकाे पेनाल्टी चुकाएनन् । खेलको इन्ज्युरी समयमा रिचार्लिसनले गोल गरेपछि ४-० काे नतिजामा खेल सकियाे ।
याे जितसँगै शीर्ष स्थानको ब्राजिलले अपराजित यात्रा कायम राख्यो । १६ खेलमा ४२ अङ्क जोडेको ब्राजिल यसअघि नै विश्वकपमा छनोट भइसकेको छ । चिली १९ अङ्कका साथ सातौँ स्थानमा छ ।