शान्तिनगर, बुद्धशान्ति–५ र ६ झापा

रूद्रप्रसाद गिरी
(पर्यावरणविद्)

एक झलक ः
बुद्धशान्ति गाउँपालिका–५ र ६ (शान्तिनगर) झापा जिल्लाको उत्तरी भागमा अवस्थित प्राकृतिक, कृषि तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण क्षेत्र हो । साविक शान्तिनगर गाविस अन्तर्गत पर्ने यो क्षेत्र हाल बुद्धशान्ति गाउँपालिकाको अभिन्न हिस्सा बनेको छ । यसको क्षेत्रफल ७९.७८ वर्ग कि.मि.र १०० देखि ८०० मि. उचाईमा रहेको छ । यहाँ तराईको उर्वर भूमि, सामुदायिक वन, चिया बगान, सुपारी बगान, खोलानाला तथा पहाडी क्षेत्रसँगको निकट सम्बन्धले विशिष्ट भौगोलिक पहिचान निर्माण गरेको छ ।

EPIC EPIC EPIC

भौगोलिक अवस्था
शान्तिनगर क्षेत्र झापा र इलामको सङ्गम क्षेत्रमा अवस्थित छ । उत्तरतर्फ इलामको रोङ गाउँपालिका सँग सीमा जोडिएको छ भने दक्षिणतर्फ झापाको समथर भूभाग फैलिएको छ । यहाँको हावापानी उपोष्णकटिबन्धीय प्रकृतिको छ, जसले कृषि उत्पादनका लागि अनुकूल वातावरण प्रदान गरेको छ । उर्वर माटो, साना खोलाहरू, सामुदायिक वन तथा हरियालीले यस क्षेत्रलाई प्राकृतिक रूपमा समृद्ध बनाएका छन् ।

राजनीतिक अवस्था
नेपालको संघीय संरचना लागू भएपछि साविक बुधबारे र शान्तिनगर गाविसहरूलाई समेटेर बुद्धशान्ति गाउँपालिका गठन गरिएको हो । स्थानीय तहको विकास, पूर्वाधार विस्तार, कृषि प्रवद्र्धन तथा सामाजिक सेवाको विस्तारमा स्थानीय सरकार सक्रिय रहेको छ ।

सामाजिक अवस्था
यो क्षेत्र बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक समाजको उदाहरण हो । यहाँ ब्राह्मण, क्षेत्री, दशनामि, लिम्बु, राई, तामाङ, मगर, धिमाल, राजवंशी, नेवार, लेप्चा लगायत विभिन्न समुदायहरूको बसोबास रहेको छ । नेपाली भाषा मुख्य सम्पर्क भाषा भए पनि लिम्बु, राई, राजवंशी तथा अन्य स्थानीय भाषाहरू पनि बोलिन्छन् । सामाजिक सद्भाव, सहअस्तित्व र सांस्कृतिक विविधता यस क्षेत्रको विशेषता हो ।

आर्थिक अवस्था
स्थानीय अर्थतन्त्रको मुख्य आधार कृषि हो । धान, मकै, गहुँ, तरकारी, चिया, सुपारी तथा फलफूल उत्पादन प्रमुख छन् । पशुपालन, दुग्ध व्यवसाय, साना उद्योग तथा वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण(रेमिट्यान्स)ले पनि स्थानीय अर्थतन्त्रलाई योगदान पु¥याएको छ । बुधबारे बजार तथा आसपासका व्यापारिक केन्द्रहरूले कृषिजन्य उत्पादनको बजारीकरणमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

धार्मिक अवस्था
यस क्षेत्रमा हिन्दू, किराँत, बौद्ध, मुस्लिम, क्रीस्चियन तथा अन्य धार्मिक समुदायहरू शान्तिपूर्वक बसोबास गर्छन् । विभिन्न मन्दिर, माङहिम, गुम्बा तथा धार्मिक स्थलहरूले धार्मिक सहिष्णुता र सांस्कृतिक एकताको सन्देश दिन्छन् । दशैं, तिहार, उधौली–उभौली, बुद्ध पूर्णिमा, छठ, माघे सङ्क्रान्ति लगायतका पर्वहरू सामूहिक रूपमा मनाइन्छन् ।

ऐतिहासिक महत्व
शान्तिनगर–६ स्थित गौडा (जोरसाघु), गढि गाउँ, किल्लाहरु क्षेत्र ऐतिहासिक रूपमा इलामबाट झापा प्रवेश गर्ने प्रमुख पैदल मार्गको रूपमा परिचित थियो। यो क्षेत्र व्यापार, आवतजावत तथा सांस्कृतिक आदानप्रदानको महत्वपूर्ण केन्द्र मानिन्थ्यो । आजपनि यसको ऐतिहासिक महत्व स्थानीय जनजीवनमा जीवित रहेको छ ।

पर्यटन सम्भावना
शान्तिनगर क्षेत्र प्राकृतिक, धार्मिक तथा कृषि पर्यटनका दृष्टिले अत्यन्त सम्भावनायुक्त छ । प्रमुख आकर्षणहरू ः गौंडा (जोरसाघु)क्षेत्र, चिया बगानहरू, सामुदायिक वन क्षेत्र, खोलानाला तथा दोभान क्षेत्र, धार्मिक स्थलहरू, कृषि तथा इको–टुरिजम गतिविधिहरू, विशेष गरी गौडा–जोरसाघु क्षेत्र प्राकृतिक सौन्दर्य, नदी दोभान र ऐतिहासिक पहिचानका कारण आन्तरिक पर्यटकहरूको आकर्षणको केन्द्र बन्दै गएको छ ।

निष्कर्ष ः
बुद्धशान्ति–५ र ६, शान्तिनगर क्षेत्र प्राकृतिक सम्पदा, कृषि उत्पादन, सांस्कृतिक विविधता तथा पर्यटन सम्भावनाले भरिपूर्ण क्षेत्र हो । उचित योजना, वातावरणीय संरक्षण, जैविक कृषि प्रवद्र्धन र इको–टुरिजम विकासमार्फत यस क्षेत्रलाई “पूर्वी नेपालको नमुना इको–एग्रो–टुरिजम तथा आध्यात्मिक पर्यटन केन्द्र“का रूपमा विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको छ ।

कृषि सम्भावना
शान्तिनगर क्षेत्र झापाका उत्कृष्ट कृषि क्षेत्रहरूमध्ये एक हो । यहाँः चिया खेती, सुपारी खेती, धान, मकै तथा गहुँ, तरकारी खेती, कोका, भेनिला, मरिच, पान, डरागन फ्रुत, मेवा, योउङ्चाक, कटहर, बदहर, बाँस, कफि, केरा फलफूल उत्पादन, दुग्ध तथा पशुपालनको ठूलो सम्भावना रहेको छ । विशेष गरी जैविक तथा बायोडाइनामिक कृषि प्रणाली विकास गर्न यो क्षेत्र अत्यन्त उपयुक्त मानिन्छ । रैथाने बिउ संरक्षण केन्द्र, पशुपन्छि नस्ल सुधार केन्द्र, सामजिक शारथी केन्द्रका रुपमा बिकास गर्न अति उपयुक्त क्षेत्रको रूपमा रहेको छ । गाईपालनमा गाई होल्दिङ केन्द्र र गाई नश्ल बिकास केन्द्रको हबको रूपमा बिकास गर्न झापा कै उतम ठाँउ हो शान्तिनगर ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च