Search
Close this search box.
Search
Close this search box.

सम्झनामा बैदेशिक रोजगारीको कालो दिन

झापा । १७ वर्ष अगाडि २०६१ भदौ १५ मा इराकमा १२ नेपालीको हत्या भयो । अन्सर अल सुन्नाका आतंककारीबाट भएको यो आततायी घटनाको असर भोलीपल्ट भदौ १६ को बिहानै देखि काठमाडौंमा देखिन थाल्यो । बैदेशिक रोजगारीका एजेन्टका कार्यालयहरु खोजी खोजी तोडफोड र जलाउने काम भयो । यस घटनामा सडकमा तोडफोडमा निस्कने अधिकांश युवाहरु विभिन्न जिल्लाबाट काठमाडौ आएर बैदेशिक रोजगारका कार्यालयबाट पीडितहरु थिए । जसले गर्दा बढी आक्रोशित बने ।

एक दिनको त्यो तोडफोडमा बैदेशिक रोजगार कम्पनीको १अरब भन्दा बढीको क्षति भयो । साथै प्रहरीको गोलीबाट जापान जाने तैयारीमा बसेका पोखरा महेन्द्रपुलका शिव राईको मृत्युु भयो ।

EPIC

हत्या भएका १२ युवाको तर्फबाट क्षतिपूर्तिको लागि ब्यक्तिगत तवरले तीन ब्यक्ति लागे, लेखक तथा पत्रकार क्याम सिम्पसन, नेपालमा कुनै बेला पिसकोर भोलेन्टियरको रुपमा सेवा गरिसकेका म्याथु हेन्ड्ले तथा नेपालका श्रमविज्ञ डा. गणेश गुरुङ । मुद्दा लड्न त्यति सहज थिएन । ती युवा जसको हत्या भएको थियो, ती जुन अमेरिकी कम्पनीको रोजगारीका लागि लगिएको थियो, त्यो कम्पनी अमेरिकी उप राष्ट्रपति डिक चेनीको कम्पनी थियो ।

लामो प्रयासले १२ मध्य ११ युवाका परिवारले पर्याप्त (रकम नखुलाईएको) रकम क्षतिपूर्ति पाए । एक युवाले क्षतिपूर्ति नपाउनुको कारण भने विमा कम्पनीको नियमले गर्दा थियो । विमा क्षतिपूर्तिको नियममा पीडितको परिवार भन्नाले पीडितको बुबाआमा वा पत्नी वा छोराछोरीले मात्र पाउन सकिन्छ । तर ति युवा अविवाहित थिए र बाबुआमाको देहान्त भईसकेको थियोे । तसर्थ दाजुभाइलाई क्षतिपूर्ति दिइएन ।

रकम खुलाउन नचाहे पनि अनौपचारिक रुपमा यो रकम २२३ डलर प्रति महिना तथा बच्चाहरु भएमा थप ७५ डलर प्रति महिना जीवन भर पाउने थियो । तर यो रकम जीवनको अन्त नभए पनि १५०००० डलर भन्दा बढी नहुने भन्ने थियो । तसर्थ यो रकम बढीमा ५६ वर्ष सम्म पाउँथे । बिबाहित नभए बाबु वा आमाको मृत्यु नभए सम्म तथा बिबाहित भए पत्नीको मृत्यु नभए सम्म मात्र यो क्षतिपूर्ति रकम पाउने भन्ने थियो ।

यस घटनाका पीडित एक युवा जितबहादुर थापाको पत्नी कमला थापा, जसले १८ महिनाको छोरी च्यापेर अडडा अदालत धाउँदा पाएको दुख र हण्डर समेतेर क्याम सिम्पसनले पुस्तक लेखे, “The Girl from Kathmandu” । यो पुस्तक निकै चर्चित बन्यो ।

इराक हत्याकाण्ड भएको १७ वर्ष पूरा भयो तर नेपालीहरु को वैदेशिक रोजगारीमा जोखिम अझै उस्तै छ । आज पनि वार्षिक औषतान ६०० जना नेपाली युवाहरुले वैदेशिक रोजगारीमा मृत्यु वरण गर्ने गरेको तथ्याङ्क छ र वैदेशिक रोजगारीमा ठगीका घटनाको त कुनै लेखाजोखा नै छैन । सुरक्षित वैदेशक रोजगारीको अवस्था विकासका लागि न त मेनपावर कम्पनीहरु जिम्वेवार छन्, न त सरकार नै र यस्तै अवस्था रही रहने हो भने फेरि १७ वर्ष अगाडिको असर १६ नदोरिएला भन्न सकिन्न । तसर्थ सुरक्षित वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण सरोकारवाला निकायहरु जिम्वेवार बन्नु पर्ने आजको आवश्यकता रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *