Search
Close this search box.
Search
Close this search box.

साउदीमा अवैध हज यात्रीका लागी कडा नियम, नुसुक कार्ड प्रणाली सञ्चालन गरिने

यस वर्ष हज गर्न जाने हजयात्रीका लागि साउदी अरेबियाले कडा नियम ल्याएको छ । अवैध हज यात्रीहरूलाई नियन्त्रण गर्नका लागि ट्यागिङ प्रणाली सुरु गरेको साउदीको हज मन्त्रालयले जनाएको छ ।

हजयात्रीलाई सुरक्षित र सहजरुपमा पुग्नका लागि यो प्रणाली लागू गरिएको पनि जनाएको छ । साउदीका हज मन्त्री तौफिक अल रबियाले आधिकारिक रूपमा नुसुक कार्ड सुरू गरेका छन् । यसलाई अनुमति कार्डको रुपमा ब्याख्या गरिएको छ ।

इन्डोनेसियामा आयोजित एक समारोहमा इन्डोनेसियाली हज मिसनलाई नुसुक कार्डको उद्घाटन ब्याच प्रदान गरिएको थियो । नुसुक कार्ड, भौतिक र डिजिटल दुवै ढाँचामा उपलब्ध छ, प्रत्येक तीर्थयात्रीको बारेमा विस्तृत डेटा समावेश गरिएको छ ।

धार्मिक स्थलहरूमा पहुँच प्राप्त गर्न र साउदी अरेबियाको मक्का शहरको भ्रमण गर्नका लागि कानूनी तीर्थयात्रीहरूले सधैं कार्ड बोक्नु पर्ने छ । विदेशी हजयात्रीले हज भिसा पाएपछि सम्बन्धित हज कार्यालयबाट नुसुक कार्ड पाउनेछन् भने आन्तरिक हजयात्रीले हज अनुमति पाएपछि तोकिएको सेवा प्रदायकबाट प्राप्त गर्न सक्नेछन् ।

हज मन्त्रालयले नुसुक कार्डलाई आधिकारिक मुद्रित कार्डको रूपमा वर्णन गर्दछ जसले वैध तीर्थयात्रीहरूलाई अरूबाट अलग गर्दछ । यस वर्ष विश्वभरबाट करिब २० लाख मुस्लिम हजका लागि साउदी अरेबिया पुग्ने अनुमान गरिएको छ । गल्फ न्यूजका अनुसार अनुसार यस वर्ष रमजानमा करिब ३० लाख मुस्लिम उम्राह गर्न पुगेका थिए ।

गत वर्ष विश्वभरबाट करिब १८ लाख मुस्लिम हजका लागि साउदी अरब पुगेका थिए । यस्तो अवस्थामा यस वर्ष पनि कीर्तिमानी संख्यामा हजयात्री पुग्ने अपेक्षा गरिएको छ । यो वर्ष साउदी हज मन्त्रालयका ३ हजार ५ सय कर्मचारीलाई मदिनाबाट आउने र जाने तीर्थयात्रीको हेरचाह गर्ने जिम्मा दिइएको छ । नेपाल सरकारले पनि मुस्लिम समूदायकालाई हज गर्नका लागि व्यवस्था मिलाउने गरेको छ ।

किन गर्छन् हज ?

इमान, नमाज, रमजान, जकात र हज इस्लाम धर्मका पाँच स्तम्भ हुन् । मोहम्मदमाथि विश्वास र अल्लाहबाहेक कसैको पूजा नगर्नु नै इमान हो । हरेक मुसलमानले दिनमा पाँच पटक नमाज (धार्मिक ग्रन्थ) पाठ गर्नु पर्छ । हरेक मुस्लिमले रमजान महिनामा रोजा व्रत लिनु पर्छ । रोजा व्रत लिएको बेला सूर्योदयदेखि सूर्यास्तको समयसम्म मुखमा अन्न र पानी राख्नु हुँदैन ।

आफ्नो कमाईको साढे दुई प्रतिशत रकम धार्मिक कार्यको लागि दान गर्नु नै जकात हो । हरेक मुसलमानले आफ्नो जीवनकालमा एक पटक मक्कामा पुगेर हज गर्नुलाई इस्लाम धर्मको पाँचौं स्तम्भ मानिएको छ । त्यसैले मुस्लिम धर्म मान्नेहरु हज गर्न मक्का मदीना पुग्ने गर्छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *