Search
Close this search box.
Search
Close this search box.

साउनमा भित्रियो ५७ हजार टन रासायनिक मल

झापा। सरकारले चालु आर्थिक वर्ष आव २०८१।८२ को पहिलो महिना साउनमा ५७ हजार ९२५ टन रासायनिक मल आयात गरेको छ । कृषि सामग्री र साल्ट ट्रेडिङ कम्पनी लिमिटेडबाट सो परिमाणमा युरिया र डीएपी मल आयात भएको हो ।

कृषि सामग्री लिमिटेडले ३८ हजार ४६२ टन युरिया, १३ हजार ६८४ टन डीएपी आयात गरेको छ । साल्ट ट्रेडिङ कम्पनीले भने ५ हजार ७७८ टन युरिया आयात गरेको हो । चालु आवमा पोटास मल भने आयात भएको छैन ।

EPIC EPIC EPIC

दुवै कम्पनीले थप मल ल्याउने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ । साल्ट ट्रेडिङले २५ हजार टन र कृषि सामग्रीले ३० हजार टन युरिया मल नेपाल आयात गर्न लागेको मन्त्रालयले जनाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले वार्षिक ५ लाख ५० हजार टन रासायनिक मल भित्र्याउने लक्ष्य रोखेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *