Search
Close this search box.
Search
Close this search box.

सुर्खेतको मालपोत कार्यालयमा आगलागी

सुर्खेत। मालपोत कार्यालय सुर्खेतमा आगलागी भएको छ । प्रहरीका अनुसार वीरेन्द्रनगर–७ स्थित मालपोत कार्यालयको जिन्सी (स्टोर) कोठामा शनिवार साँझको समयमा आगलागी भएको हो ।

आगलागीबाट जिन्सी शाखामा रहेको काठ र स्टिलको २५ कुर्सी, २ वटा स्टिलको दराज, एउटा जेनरेटर र पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनु भयो ।

उहाँले एक्कासि आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको बताउनु भयो । आगो कसरी लाग्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको उहाँको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *