Search
Close this search box.
Search
Close this search box.

साइक्लिङको उपाधि पाँचथरका निर्दललाई

मेचीनगर । चालिस किलोमिटरको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्दल केरुङले हात पारेका छन् ।

जेनियम युवा क्लब धुलाबारीले आज आयोजना गरेको साइक्लिङ प्रतियोगितामा केरुङले चालिस किलोमिटरको यात्रा १ घण्टा २८ मिनेटमा पुरा गरी प्रथम उपाधि हात पारेका हुन् । उनले नगद ३५ हजारसहित ट्रफी र गिफ्टहेम्पर पाएका छन् ।

प्रतियोगिताको दोस्रो उपाधि ताप्लेजुङका आशिस गुरुङले १ घण्टा ३६ मिनेट र तेस्रो उपाधि ताप्लेजुङका प्रविण राईले १ घण्टा ३८ मिनेटमा उक्त यात्रा पुरा गरेका थिए । उनीहरुले क्रमशः नगद ३० र २५ हजारसहित ट्रफी र गिफ्टहेम्पर पाएका ।

त्यस्तै चौथो हुने सचिन रिमाललाई ३ हजार, पाँचौ हुने आकाश श्रेष्ठलाई २ हजार तथा छैटौँ हुने विष्णुकुमार राई, सातौँ हुने प्रसिद्व वस्नेत, आठौँ हुने सुदिपकुमार गडेरी, नवौँ हुने युद्व राई र दशौँ हुने अजय राई (भूपु) लाई जनही एक हजार नगदसहित ट्रफी र गिफ्टहेम्परहरु प्रदान गरिएको क्लबका अध्यक्ष धनराज थापाले बताए ।

‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ’ भन्ने नाराका साथ आज विहान ९ वजे धुलाबारीदेखि सुरु भई शरणार्थी शिविर, शान्तिनगर, बहुबन, बेशीबजार, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, नकलबन्दा, काँकरभिट्टा, इँटाभट्टा हुँदै पुनः धुलाबारीमा आएर प्रतियोगिता समापन भएको थियो ।

कार्यक्रमको उद्घाटन मेचीनगर–९ नम्बर वडाका वडाध्यक्ष गोपाल खड्का, १० नम्बर वडाका वडाध्यक्ष सुदय पनेरुले गरेका थिए । समापन कार्यक्रमको प्रमुख अतिथि १ नम्बर प्रदेश सभाका सदस्य गोपाल चन्द्र बुढाथोकी, क्लबका अध्यक्ष थापा, सल्लाहकार लक्ष्मी राई लगायतले विजेताहरुलाई पुरस्कार वितरणका साथै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा केल्मी नेपाल, सिंगल ट्रेड एशोसिएशन, यमी फुड्स लगायतको सहयोग रहेको थियो । कार्यक्रमको सञ्चालन कमल नेपालले गरेको थिए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *