२१ करोड बढीको अवैध लागूऔषध “कोकिन”सहित विदेशी नागरिक पक्राउ

काठमाडौं : लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स वाल्टर्स रहेका छन्।

EPIC

उनलाई ६ किलो २४ ग्राम कोकिनसहित लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो।वाल्टर्स दोहाबाट कतार एयरवेजको उडान नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौं ओर्लिएका थिए।

EPIC EPIC EPIC

वाल्टर्सलाई त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलको आगमन कक्षमा सामान चेक गर्ने क्रममा उनले बोकेको शुटकेशबाट कोकिन ६ किलो २४ ग्राम बरामद भएको ब्यूरो प्रमुख एसएसपी दिनेश आचार्यले बताए।

एसएसपी आचार्यका अनुसार भल्टर्सले क्याप्सुल आकारका कोकिन सुटकेसमा लुकाएर ल्याएका थिए ।वाल्टर्सको साथबाट बरामद भएको लागूऔषधको अवैध बजार मूल्य अन्दाजी २१ करोड ८ लाख रहेको ब्यूरोले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *