विश्वकप फुटबल फाइनल भिडन्त आज: तेस्रो पटक उपाधि उचाल्‍ले दाउमा फ्रान्स र अर्जेन्टिना

काठमाडौं – कतारमा जारी फिफा विश्वकपको फाइनल खेल आज आइतबार हुँदैछ । फाइनलमा उपाधिका लागि साविक विजेता फ्रान्स र अर्जेन्टिना भिड्दै छन् । कतारको सबैभन्दा ठूलो लुसैल रंगशालामा हुने फाइनल खेल नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।

फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा मैदान उत्रिनेछन् । यसअघि अर्जेन्टिनाले १९७८ र १९८६ को संस्करणको उपाधि जितेको थियो । भने फ्रान्सले १९९८ र २०१८ संस्करणको उपाधि जितेको थियो ।

EPIC EPIC EPIC

फ्रान्स चौथोपटक विश्वकपको फाइनलमा पुगेको हो । फ्रान्सले यसअघि १९९८, २००६ र २०१८ को विश्वकप फाइनल खेलेको थियो ।

अर्जेन्टिना भने छैटौँपटक फाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिना यसअघि १९३०, १९७८, १९८६, १९९० र २०१४ मा भएको विश्वकपको फाइनलमा प्रवेश गरेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च