Search
Close this search box.
Search
Close this search box.

आजको राशिफल: वृश्चिक राशि भएका व्यक्तिहरूको खर्च बढ्न सक्छ

आजको राशिफल

आज २०७८ साल मंसिर १७ गते शुक्रबारको राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

EPIC EPIC EPIC

शुभकार्यको चर्चा चल्नेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । मुद्दा मामिलामा सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । वस्त्र लाभ पनि हुनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विद्या र बुद्धिको विकास हुनेछ । सजिलै अरुको विश्वास जित्न सकिनेछ । आकस्मिक धन लाभ हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ साथै प्रणयसम्बन्ध र रतिराग बढाउने समय छ । लाभदायक यात्रा पनि हुनसक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज शुभकार्यको चर्चा चल्नेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । न्यायिक कार्यमा सफलता मिल्नेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आजको दिन भाग्यशाली भएर देखा पर्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वैदेशिक क्षेत्रबाट सफलता र भौतिक साधन जुटाउने समय छ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज छोटो दुरीको लाभदायक यात्रा हुनेछ । राज्यबाट मान सम्मान मिल्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । वाहन सुख पनि मिल्नेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

आज स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । अरुको भलाइका लागि दौडधुप गर्नु पर्नेछ । विवाद बढ्ने र चोटपटक पनि लाग्न सक्छ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

आज बोलीको भरमा कार्य सम्पादन हुनेछ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । रमाइलो र धार्मिक यात्राको योग पनि छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । आँटेको र ताकेको कार्य पुरा हुनेछ । धर्मसंस्कृति सभासमारोहमा सरिक हुने अवसर पनि मिल्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । भाग्यले विभिन्न अवसर जुराउनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । विशेष यात्रा पनि हुनसक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिएला । कुलतमा मन जानसक्छ । झैझमेलाको अवस्था पनि आउला ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

साभार: हाम्रो पात्रो

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *