आजको राशिफल: सिंह राशि भएका व्यक्तिहरूको अनावश्यक खर्च हुनसक्छ

आजको राशिफल

आज २०७८ साल मंसिर १० गते शुक्रबारको राशिफल ।

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )

EPIC EPIC EPIC

आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन पनि रमाउनेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या पनि बढ्नेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा )

आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साना तिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो )

आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । लगानी नगर्दा वेश हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )

आज प्रणयसम्बन्ध र मनमा चञ्चलता बढ्ने समय छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । आज प्राविधिक काममा समेत फाइदा हुनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )

कुनै प्रसङ्गमा मनमा शान्ति छाउनेछ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । परिश्रम गर्दा धनार्जन हुनेछ । लाभदायक यात्रा पनि रहला ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )

मनमा निराशा र शरीरमा आलस्य आउला । मनमा अविश्वास उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )

आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )

आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको पनि विकास हुनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )

आज दैनिक कार्यमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । सफल यात्राको योग पनि छ ।

राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

– ज्यो.प. नारायणप्रसाद दुलाल

साभार: हाम्रो पात्रो

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *