दिपेन्द्र लुइँटेल भोजपुर। नवौँ भोजपुर मेयर गोल्डकप फुटवल प्रतियोगिता अन्तर्गत आज भएको पहिलो सेमिफाइनल खेलमा सशस्त्र प्रहरीको बिभागीय टिम एपीएफलाई हराउँदै आयोजक भोजपुर जिल्ला फुटवल संघ फाइनल प्रवेश गरेको छ ।
एपीएफको टिमलाई २–० गोलले पराजित गर्दै आयोजक भोजपुर फाइनल प्रवेश गरेको हो । आयोजक टिम भोजपुरका लागि खेलको २९ औं मिनेटमा जर्सी नम्वर ७ का दोर्जी तामाङ र ६५ औं मिनेटमा जर्सी नम्वर ४ का सञ्जय लिम्बुले १–१ गोल गरेका थिए । एपीएफका तर्फबाट कुनै पनि गोल हुन सकेन । आजको खेलको प्लेयर अफ द म्याच भोजपुरका पहिलो गोलकर्ता दोर्जी भएका छन । उनले नगद पाँच हजार पाएका छन ।















