Search
Close this search box.
Search
Close this search box.

चेन्नई सुपर किंग्सविरुद्ध मुम्वई इन्डियन्सको सानदार जित

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को शुक्रबारको खेलमा मुम्बई इन्डियन्सले चेन्नाई सुपर किंग्सलाई १० विकेटले पराजित गरेको छ।

शारजहामा भएको खेलमा ११५ रन पच्छ्याएको मुम्वईले विकेट नगुमाई १२.२ ओभरमा ११५ रन बनाउँदै आफ्नो जित दर्ज गर्यो। खेलमा इशान किशनले ६८ र क्विन्टन डिककले ४६ नटआउट रन बनाएका थिए।

इसानले ४ छक्का र ६ चौकाको मदतले अर्धसतक पुरा गरे। १० औभरमा क्विन्टन र इशानको जोडिले टिमको स्कोर ९८ रन बनायो। महेन्द्र सिंह धोनिको कप्तानीमा रहेको चेन्नई अंक तालिकमा ६ अंकको साथ सबैभन्दा तल छ। मुम्वई इन्डियन्स अंक तालिकामा १४ अंकको साथ शीर्ष आएको छ। टस हारेर पहिले ब्याटिङ उत्रिएको चेन्नाईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११४ रन बनायो। साम कुरानले ५२ बनाए भने अन्यको प्रदर्शन खराब रह्यो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *