Search
Close this search box.
Search
Close this search box.

तारकेश्वरमा बर्ड फ्लु : १५ हजार कुखुरा नष्ट

प्रदेश सरकारद्वारा तीन वर्षमा साढे ३६ अर्ब खर्च

काठमाडौं । काठमाडौंको तारकेश्वरमा देखा परेको बर्ड फ्लुका कारण झण्डै साढे १५ हजार कुखुरा नष्ट गरिएको पशु सेवा विभागले जनाएको छ ।

बिहीबार पुष्टि भएको बर्ड फ्लु नियन्त्रण गर्न संक्रमण देखा परेको क्षेत्र वरपरका लेयर्स, बोइलर र लोकल गरेर १५ हजार ३५७ गोटा कुखुरा नष्ट गरिएको विभागका प्रवक्ता डा.चन्द्र ढकालले बताए ।

जसमा लेयर्स ५६५७, बोइलर ७२३६ र २५०४ गोटा लोकल कुखुरा छन् । यस्तै ३ हजार ५७० गोटा अण्डा, ५० गोटा टर्की र १७ बट्टाई र ३ हजार किलो कुखराको दाना पनि नष्ट गरिएको नष्ट गरिएको विभागद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यस्तै संक्रमण देखिएको क्षेत्र वरपर नि संक्रमणको काम सम्पन्न भएको पनि विभागले जनाएको छ ।

साथै कुराखा फार्म वरपर स्वस्थ्य सुरक्षाको उपाय अपनाउन, घरपालुवा पशुपन्छीलाई बाहृय पशुपन्छीको सम्पर्कमा आउन नदिन पनि विभागले किसान एवं व्यवसायीहरुलाई अपील गरेको छ ।

अस्वभाविक रुपमा पन्छी विरामी परे वा मरे तत्काल नजिकैको पशु सेवा निकायमा खबर गर्न पनि विभागले आग्रह गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *