Search
Close this search box.
Search
Close this search box.

भारतमा ‘कोरोना खोप’ विवादमा, किन हुँदै छ विरोध ?

भारत। भारतले हिजो कोरोना भाइरसविरुद्धको दुई वटा खोपलाई आपत्कालीन प्रयोग गर्न स्वीकृति दियो। दुई खोपमध्ये ‘कोविशिल्ड’ अक्सफोर्ड-एस्ट्राजेनेकाको भारतीय संस्करण हो भने ‘कोभ्याक्सिन’ भारत आफैंले विकास गरेको हो।

भारत सरकारले दुई खोपलाई स्वीकृति दिएको केही क्षणमा नै भारतभित्र यसमाथि प्रश्न उठाइएको छ। भारतमा दुवै खोप विवादमा तानिए। हालसम्म कोरोनाविरुद्धको खोपलाई स्वीकृति दिएका राष्ट्रमा खोप विवादित बनेको थिएन। तर भारतमा सरकारको निर्णय र खोप विवादमा तानिए।

कोविशिल्ड भारतमा सीरम इन्स्टिच्युट अफ इण्डिया कम्पनीले बनाइरहेको छ। कोभ्यासिन भने भारत वायोटेक कम्पनी इण्डियन काउन्सिल अफ मेडिकल रिसर्च आईसीएमआरसँग मिलेर बनाइरहेको छ।

आइतबार कोविशिल्ड र कोभ्याक्सिनलाई स्वीकृति दिएसँगै यी दुई खोपमाथि धेरै जनाले प्रश्न उठाएका छन्। उनीहरूको सबैको एउटै जिज्ञासा थियो, तेस्रो चरणको परीक्षणको आँकडा सार्वजनिक नगर्दै यी दुई खोपलाई स्वीकृति कसरी र किन दिइयो ?

अक्सफोर्ड र स्ट्राजेनेकाको खोपलाई बेलायतले आपत्कालीन प्रयोगको लागि स्वीकृति प्रदान गरेसँगै कोविशिल्डलाई भारतले पनि स्वीकृति दिन्छ भन्ने अनुमान गरिएको थियो। यो अनुमान मिल्यो पनि। तर, यति छिट्टै कोभ्याक्सिनलाई पनि भारतले स्वीकृति प्रदान गर्ला भन्ने कसैले सोचेको थिएन।

कुनै पनि खोपलाई स्वीकृति प्रदान गर्नुअघि तीन चरणमा परीक्षण गर्ने प्रावधान रहेको छ। तेस्रो चरणमा सबैभन्दा बढी व्यक्तिमा खोपको परीक्षण गर्ने गरिन्छ। यसको परिणामको आधारमा खोप कति प्रतिशत प्रभावकारी छ भन्ने र ‘साइड इफेक्ट’ बारे थाहा हुन्छ। खोपलाई प्रयोग गर्न दिने वा नदिने भन्ने निर्णय त्यसपछि मात्र लिइन्छ।

हाल सबैभन्दा बढी प्रयोगमा आएमा कोरोनाविरुद्धको खोप फाइजर वायोएनटेक, अक्सफोर्ड(एस्ट्राजेनेका र मोडेर्नाको तेस्रो चरणको परीक्षणको आँकडा फकर-फरक छ। अक्सफोर्डको खोप ७० प्रतिशतसम्म प्रभावकारी रहेको बताइएको छ।

भारतमा कोभ्याक्सिन र कोविशिल्ड दुवैको प्रभावकारितालाई लिएर प्रश्न उठेको छ तर अक्सफोर्डको खोप भएका कारण कोविशिल्डमाथि शंका कम गरिएको छ।

कोविशिल्डको भारतमा गरिएको तेस्रो चरणको परीक्षणको आँकडा अहिलेसम्म सार्वजनिक गरिएको छैन। कोभ्याक्सिनको पनि अहिलेसम्म तेस्रो चरणको परीक्षणको आँकडा बाहिर ल्याइएको छैन। जबकि, पहिला कोभ्याक्सिनलाई साढे २२ हजार जनामा तेस्रो चरणको परीक्षण गरिने जनाइएको थियो।

“गम्भीर मुद्दालाई राजनीतिकरण गर्नु लाजमर्दो कुरा हो। शशी थरुर, अखिलेश यादव र जयराम रमेश कोभिड-१९ खोपलाई अनुमति दिन प्रोटोकलको पालना गरिएको छ। यसलाई बदनाम गराउने काम नगर्नुहोस्। उठ्नोस र अनुभव गर्नोस् तपाईंहरूले आफैंलाई बदनाम गरिरहनुभएको छ,”

कोभ्याक्सिनलाई आपत्कालीन प्रयोग गर्न अनुमति दिएपछि कांग्रेस नेता शशी थरुरले ट्वीटरमार्फत चिन्ता व्यक्त गरेका छन्।

“खोपको अहिलेसम्म तेस्रो चरणको परीक्षण भएको छैन। बिना सोचविचार अनुमति दिँदा खतरनाक हुनसक्छ,” थरुरले भारतको स्वास्थ्यमन्त्रीलाई ट्याग गर्दै लेखेका छन्।

थरुरको ट्वीटसँगै भारतमा कोरोना खोपमाथि राजनीतिक दोषारोपण सुरू भएको छ। कांग्रेस नेता जयराम रमेश र समाजवादी पार्टी प्रमसख अखिलेश यादवले पनि खोप र जनताको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेका छन्।

मुम्बईका सरूवारोगसम्बन्धी एक डाक्टर स्वप्निल पारिखले पनि खोपलाई लिएर चिन्ता व्यक्त गरेका छन्। “सरकार डेटालाई लिएर पारदर्शी हुन आवश्यक छ। खोपलाई स्वीकृति प्रदान गर्नुअघि नै यसको समीक्षा गरिएको छ। यदि सरकार पारदर्शी भएन भने यसले जनताको विश्वासमा असर गर्छ।”

धेरै सामाजिक सञ्जालमा प्रश्न उठाएपछि भारतको केन्द्रीय स्वास्थ्यमन्त्री डा। हर्षबर्द्धनले ट्वीटरमार्फत खोप प्रभावकारी रहेको दाबी गरे।

“गम्भीर मुद्दालाई राजनीतिकरण गर्नु लाजमर्दो कुरा हो। शशी थरुर, अखिलेश यादव र जयराम रमेश कोभिड-१९ खोपलाई अनुमति दिन प्रोटोकलको पालना गरिएको छ। यसलाई बदनाम गराउने काम नगर्नुहोस्। उठ्नोस र अनुभव गर्नोस् तपाईंहरूले आफैंलाई बदनाम गरिरहनुभएको छ,” स्वास्थ्यमन्त्री हर्षबर्द्धनले भनेका छन्। बीबीसी

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *