Search
Close this search box.
Search
Close this search box.

युरोकप २०२० : स्विट्जरल्यान्डलाई हराउँदै स्पेन सेमिफाइनल

झापा(पालिका सन्देश)- युरोकप २०२० मा शुक्रबार रातिबाट क्वाटरफाइनलका खेलहरु सुरु भएका छन् । क्वाटरफाइनलको पहिलो खेल स्पेन र स्विट्जरल्यान्डबीच भएको थियो । जसमा स्पेनले स्विट्जरल्यान्डलाई पराजित गरेको छ ।

खेलको सुरुआति ८ मिनेटमा नै स्विट्जरल्यान्डका डेनिस जाकारियाले आत्मघाति गोल गर्दै स्पेनका लागि अग्रता दिलाएका थिए । स्पेनका डिफेन्डर जोर्डी अल्बाले हानेको प्रहार जाकारियाको खुट्टामा ठोकिएर गोल हुन पुगेको थियो ।

EPIC EPIC EPIC

दोस्रो हाफको ६८औँ मिनेटमा स्विट्जरल्यान्डका कप्तान जोर्डन शाकिरीले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

खेलको ७७औँ मिनेटमा रेमो फ्रेउलरले रेडकार्ड पाएर मैदान बाहिरिएपछि स्विस टिम १० खेलाडीमा सीमित हुन परेको थियो । फ्रेउलरले स्पेनका मोरेनोमाथि फल गरेका कारण रेफ्रीले उनलाई सिधा रेडकार्ड दिएका थिए ।

खेलको ९०औँ मिनेटसम्म स्पेन र स्विट्जरल्यान्ड १-१ गोलमा रोकिएका थिए । अतिरिक्त ३० मिनेटको समयमा पनि दुबै टिमबाट गोल हुन सकेन । अन्तत: क्वाटरफाइनलको पहिलो खेल नै पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा स्विट्जरल्यान्डले ४ प्रहारमा १ गोल गर्न सक्यो भने स्पेनले ५ प्रहारमा ३ गोल गर्दै खेलमा जित निकालेको हो । खेलमा जित निकालेसँगै स्पेन सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *