१३औं साफ च्याम्पियनसिप : नेपाल इतिहास बनाउनबाट चुक्यो, भारत बन्यो च्याम्पियन

झापा(पालिका सन्देश)– १३ औं संस्करणको साफ च्याम्पियनसिपको उपाधि भारतले जितेको छ । नेपालविरुद्ध ३-० को जित हात पार्दै भारतले उपाधि कब्जा गरेको हो । 

भारतको यो आठौं साफ च्याम्पियनसिप उपाधि हो । 

EPIC EPIC EPIC EPIC EPIC

दोस्रो हाफको सुरुआतमा दुई गोल खाएर सम्हालिन नसकेको नेपालले खेल सकिनै लाग्दा तेस्रो गोल खाएको हो ।भारतका सुनिल क्षेत्रीले खेलको ४८ औं मिनेटमा गोल गरेका हुन्  । दोस्रो गोल भने ४९ औं मिनेटमा सुरेश सिंहले गरे । यस्तै ८९ औं मिनेटमा साहल समादल गोल गरे ।

गोल अन्तर धेरै भएपनि नेपालले पहिलो हाफमा भने गोल गर्ने केही राम्रो अवसर बनाएको थियो । विशेषगरी भारतीय डि-बक्स क्षेत्रमा पाएको राम्रो अवसरलाई नेपालले गोलमा परिणत गर्न सकेन । सुमन लामाले निकालेको पासलाई नवयुग श्रेष्ठले उपयोग गर्नु अघि नै भारतीय गोल किपरले बचाए । यस्तै अन्य केही अवसर पनि गोल हुन नसक्दा नेपालले खेलमा भारतलाई गोलको दबाब दिन सकेन । 

यस्ता केही अवसर बनाएपनि पानी परेपछि भने मैदान चिप्लो हुँदा नेपालले खेलमा लय गुमायो । नेपाल मात्रै होइन भारतका खेलाडीसमेत गलत पास गर्न थाले । 

नेपालले उक्त खेलमा स्टार खेलाडी अञ्जन बिष्टको अभाव महसुस गर्‍यो । नेपालको खेलमा फ्रन्टलाइनमा देखिने उनले दुई पहेंलो कार्डका कारण खेल गुमाएका हुन् । यस्तै साफले आफ्नै नियम विपरीत प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीलाई पनि खेलमा प्रतिबन्ध लगाएकाले समेत नेपालले खेलमा फर्किन सकेन । 

यो नेपालको प्रशिक्षकको हैसियतमा अल्मुताइरीको अन्तिम खेल हो । तर अन्तिम खेल उनी डगआउटमा नभइ दर्शकदीर्घा बसेर हेर्न बाध्य भए । 

नेपालले २८ वर्षपछि साफ च्याम्पियनसिपको फाइनलमा स्थान बनाएको हो । यो क्रममा नेपालले उत्कृष्ट फुटबल खेल्यो । खेलहरूमा गोल गर्नेदेखि पछि परेको खेलमा अन्त्यमा गोल गरेर खेलमा फर्किने सम्मका गतिविधि भए । तर चिरप्रतिद्वन्द्वी भारतलाई हराउने सूत्र पाउन नसक्दा नेपाल इतिहास बनाउनबाट चुक्यो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *