राजेन्द्र लिङ्देनले गराए उम्मेदवारी दर्ता, जितप्रति पूर्ण विश्वस्त

​झापा– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले झापामा आफ्नो उम्मेदवारी मनोनयन पत्र दर्ता गराउनुभएको छ। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै लिङ्देनले शुभ साइतमा मनोनयन दर्ता सम्पन्न भएको जानकारी दिनुभयो।

​अध्यक्ष लिङ्देनले यस पटकको निर्वाचनमा मतदाताले आफूलाई पहिलेभन्दा अझ सहज रूपमा विजयी गराउने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले आफू र आफ्नो पार्टी विगतका दिनहरूमा विभिन्न अग्नि परीक्षाहरूमा जनताको नजरमा खरो साबित भएको र राष्ट्रका लागि आवश्यक शक्तिको रूपमा स्थापित भइसकेको दाबी गर्नुभयो।

EPIC EPIC EPIC

​”यहाँका मतदाताले हामीलाई केवल एक थान सांसदको रूपमा मात्र नभई, समग्र देशकै एउटा वैचारिक धारको नेतृत्व गर्ने अवसर पुनः प्रदान गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,” लिङ्देनले भन्नुभयो।

​उहाँले आफूलाई यस क्षेत्रका आम मतदाताले ‘साझा उम्मेदवार’ को रूपमा लिएको बताउँदै विगत भन्दा यस पटकको जित अझ सहज हुने उल्लेख गर्नुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च