आजको मौसम: चिसो बढेकोले सतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं । देशभर चिसो बढेकोले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

आज प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागहरूको मौसममा आंशिक बदली रहने महाशाखाले जनाएको छ । अन्य क्षेत्रको मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको मौसमविद्ले जानकारी दिएका छन् ।

EPIC EPIC EPIC

अहिले बिहान देशका पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ ।

आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहेर पहाडी भू–भागमा आंशिक बदली तथा अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने छ ।

हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहेकाे महाशाखाले जनाएकाे छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *