बालेनलाई ट्विटरमा ब्याकफायर फेसबुकमा हाई हाई

screenshot 2023 04 08 12 27 47 00 a23b203fd3aafc6dcb84e438dda678b6

बिष्णु लामिछाने/पालिका सन्देश

EPIC

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह सामाजिक संजालका कारण बेलाबेलामा विवादमा आउने गरेका छन्।

EPIC EPIC EPIC

उनले पोष्ट गर्ने बिचारले निर्वाचन ताका उनलाई राम्रै ताली मिलेपनि आजभोलि गाली पनि बर्सन थालेको छ।
काठमाडौं महानगरपालिकाले शुक्रबार गैरीगाउँस्थित सुकुमबासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो । तर, सफल भएन । केन्द्र सरकारको असहयोग भएको मेयर बालेनको बुझाइ छ ।त्यसपछि उनको आक्रोश सामाजिक संजालमा टिप्पणी गरेका छन्।

शनिबार बिहानै शाहले सिंहदरबारको फोहोर नउठाउने कुरा सामाजिक संजालमा लेखे। लगत्तै उनलाई कतै गाली त कतै प्रशंसाको बर्षा शुरु भयो।

उनले लेखेका छन्,
‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन ।
साच्चिकै देश सफा गर्नु परे,
त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ’।

ट्विटरमा बालेनको यो पोष्टमा झण्डै ३ हजार जनाले प्रतिक्रिया जनाएका छन् जसमा अधिकांशले उनलाई गाली गरेका छन् ।

धेरैले उनलाई ‘स्टन्टबाज’ को संज्ञा दिएका छन्। एकजना बाबुराम ढकाल नाम गरेका प्रयोगकर्ताले बालेनलाई सिसडोलमा आफैं गएर डम्प हुनु भन्ने प्रतिक्रिया दिएका छन्।

पार्टीका पुराना नेता र तिनको कार्यशैलीबाट दिक्क भएका आम जनताले स्वतन्त्र उम्मेदवारी दिएर गएकाहरु प्रति पनि प्रहार र कटाक्ष शुरु गरेका हुन्।

अर्का एक प्रयोगकर्ताले त बालेन समर्थकलाई उनले शत प्रतिशत सम्पन्न गरेका ४ कामको विवरण दिनेलाई १० हजार पुरस्कार दिने घोषणा समेत गरेका छन् ।

@Zerostatte ह्याण्डल रहेका ति प्रयोगकर्ताले
‘Balen ले completely गरेको ४ कामहरू भन्ने लाई १०००० दिन्छु म’ भन्दै सामाजिक संजालमा पोष्ट गरेका छन्।

यता फेसबुकमा भने उनलाई समर्थनका टिप्पणी धेरै छन्। १ लाख हाराहारीमा प्रतिक्रिया देखिएको उनको पोष्टमा आलोचना र आक्रोशको संख्या शुन्य जस्तै छ।

फेसबुकमा भने प्रायः सबैले बालेनको यो कदमको प्रशंसा गरेका छन्।
उज्ज्वल न्यौपानेले लेखेका छन्, ‘शितल निवास, ग्रिन हाउस, बुढानिलकण्ठ, कोटेश्वर, को पनि नउठाउ है’।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *